ज्येष्ठ नागरिक बनेर क्यानडा जाने दाउमा रहेका युवक पक्राउ

विहीबार, ०६ असार २०८१, १२ : ३५

काठमाडौँ-  भारतको इन्दिरा गान्धी इन्टरनेशनल विमानस्थलमा सुरक्षाकर्मीहरूले २४ वर्षीय युवकलाई पक्राउ गरेका छन् । ती युवक ६७ वर्षको ज्येष्ठ नागरिक बनेर क्यानडा जाने दाउमा थिए ।

युवकको साथमा नक्कली पासपोर्ट पनि भेटिएको छ । यो घटना १८ जुनको हो । ५ः२० बजे आसपास प्रोफाइलिङ र बिहेभियर डिटेक्शनका आधारमा सीआईएफएफका जवानले विमानस्थलको टर्मिनल ३ को चेक–इन क्षेत्रमा एक यात्रीलाई सोधपुछका लागि रोके । यस क्रममा ती वृद्धले आफ्नो नाम रशविंदर सिंह सहोता भएको र उमेर ६७ वर्ष बताए । पासपोर्टमा उनको जन्ममिति सन् १९५७ अक्टोबर २ थियो । उनी एयर क्यानडाको एसी ०४३–एसटीडी २२५० उडानबाट जाँदै थिए । पासपोर्टमा उल्लेख गरिएको उमेरभन्दा ती वृद्ध निकै कान्छो जस्तो देखिन्थे । आवाज र छाला पनि जवानको जस्तो थियो । पासपोर्टमा दिइएको विवरणसँग ती व्यक्तिसँग मेल खाएन ।

विहीबार, ०६ असार २०८१, १२ : ३५

प्रतिक्रिया