फिल्म 'घरज्वाइँ' को गीत 'बिन्जुरी' सार्वजनिक

शुक्रबार, ०७ असार २०८१, १६ : ३२

काठमाडौँ - अभिनेता दयाहाङ राई र अभिनेत्री मिरूना मगरको आगामी फिल्म 'घरज्वाइँ' को पहिलो गीत सार्वजनिक गरिएको छ। 

शुक्रबार सार्वजनिक 'बिन्जुरी' बोलको गीतमा एसडी योगीको संगीत र स्वर छ। यसको भिडिओमा मिरूनाप्रति अंकुराएको दयाहाङको प्रेमभावलाई देखाइएको छ।  राम अविरल विष्टको शब्द रहेको गीतको संगीत निर्माता रिकेश गुरूङ हुन्।  'घरज्वाइँ' लाई अनिल बुढा मगरले लेखन तथा निर्देशन गरेका हुन्।

मगर संस्कार र संस्कृतिमा बनेको यो फिल्ममा दयाहाङ र मिरूनाका साथमा शिशिर बाङ्देल, राज थापा मगर, कविता आले मगर, बुद्दि तामाङ, पुष्कर गुरूङ, अनु थापा, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), सुनिल मगर लगायत कलाकारको अभिनय छ। जनक घर्ती मगर निर्माता रहेको फिल्मलाई सुशन प्रजापतिले छायांकन, कृष्ण भण्डारीले सम्पादन गरेका हुन्।


 

शुक्रबार, ०७ असार २०८१, १६ : ३२

प्रतिक्रिया