‘बसे है पालेदाइ’ गीत विवादमा, गीत नहटाए सामूहिक बहिस्कार गर्ने चेतावनी

काठमाडौँ - ‘बसे है पालेदाइ’ बोलको गीत चार यतिबेला विवादमा परेको छ।

बद्री पंगेनी, चोलेन्द्र पौडेल, माया गुरुङ, सुमन परियार, रवि कार्की, श्याम राना, बालकुमार श्रेष्ठ, सुमित्रा कोइराला, अस्मिता डल्लाकोटी र बालिका तामाङको स्वर रहेको लोकदोहोरी गीत ‘बसे है पालेदाइ’ विवादित बनेको हो । १० जना गायक९गायिकाको स्वर रहेको गीतमा बालकृष्ण श्रेष्ठको शब्द रहेको गीतमा स्वर्गीय जयनन्द लामाको लय छ। विष्णु शर्माको निर्देशन रहेको गीतको भिडियोमा करिष्मा ढकाल, विजय पुन लगायतको अभिनय छ।

 कास्कीको अन्नपूर्ण गाउँपालिकाका शिक्षक संघ संगठनहरुले गीतमा विद्यालयलाई माया प्रेम गर्ने थलोका रूपमा चित्रण गरिएको भन्दै प्रतिबन्ध लगाउन माग गरेका छन् ।अन्नपूर्ण गाउँपालिकाको नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल शिक्षक संघ र एकीकृत अखिल नेपाल शिक्षक संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै गीतलाई युट्युब लगायतका प्लेटफर्मबाट हटाउन माग गरेका छन्।

विद्यार्थीहरुले स्कुलभित्रै शिक्षकमाथि अनादर गरेका दृश्यले विद्यार्थीको मानसिकतामा नकारात्मक प्रभाव पार्ने कुरामा समेत उक्त गीतले कुनै ख्याल नगरेको शिक्षक संगठनहरुको भनाइ छ । शिक्षा, समाज र साहित्यको गरिमामा ख्याल नगरी व्यापारलाई मात्रै केन्द्रमा राखेर गीत ल्याइएको उनीहरूको आरोप छ।

66755a4c1cf64.jpg

२ महिना अगाडि

प्रतिक्रिया