रञ्जना न्यौपानेको ‘गीत बन्द खाम’ सार्वजनिक

४ हप्ता अगाडि

काठमाडौँ - कवि एवं गीतकार रञ्जना न्यौपानेको गीत ‘बन्द खाम’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । शुक्रवार सार्वजनिक गरिएको म्युजिक भिडियोमा न्यौपानेको शब्दमा बिन्दु परियारको स्वर रहेको छ । 

गजल शैलीको सो गीतमा सुदीप सागरले सङ्गीत संयोजन गरेका छन् । प्रिज्म रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीत श्याम श्वेत रसाइलीले मिक्सिङ गरेका हुन् । न्यौपानेको शब्द रहेको यो गीतमा उनी आफैँले मोडलिङ समेत गरेकी छिन् । मोडलिङमा न्यौपानेलाई उनका श्रीमान् उमेश सापकोटाले साथ दिएका छन् । म्युजिक भिडियोमा प्रेममिल जोडीको माया पिरतीका विभिन्न क्षणहरूलाई प्रस्तुत गरिएको छ । न्यौपानेको रेकर्ड गरिएको यो पहिलो गीत तथा म्युजिक भिडियो हो । आगामी दिनमा फरक खालका विभिन्न गीत सङ्गीत रेकर्ड गने र म्युजिक भिडियो निर्माण कार्यलाई निरन्तरता दिने न्यौपानेले बताएकी छिन् । 

 

 

 

 

४ हप्ता अगाडि

प्रतिक्रिया