सुरेन्द्र राई र सुसन तामाङले गरे गिनिज बुकमा आफ्नो नाम दर्ता

४ हप्ता अगाडि

काठमाडौँ - नेपाली डान्स क्रु ‘वाइल्ड रिपर्ज क्रु’ का सुरेन्द्र राई र सुसन तामाङले ‘गिनिज  बुक अफ वर्ल्ड रेकर्ड’ मा आफ्नो नाम दर्ता गर्न सफल भएका छन् । 

नेपाललाई प्रतिनिधित्व गरेका यो जोडीले जमिनबाट सबैभन्दा अग्लो स्थानमा डान्स कोरियोग्राफी गरेर गिनिज बुकमा रेकर्ड बनाएका हुन् ।  सुसन र सुरेन्द्रले १९ मे, २०२४ अर्थात नेपाली मिति जेठ ६ मा नेपालको सोलुखुम्बुस्थित कालापत्थरमा आफ्नो कला पस्केका थिए । कालापत्थर ५६४४.५ मिटर ९१८, ५१९ फिट० अग्लो छ ।  सुरेन्द्र र सुसनले ५,४४१ मिटर (१७,८५१ फिट) मा रेकर्ड बनाएका हुन् । 

सुसन र सुरेन्द्रले प्रस्तुत गरेको गीतको बोल ‘मन मगन’ रहेको थियो । सुसन र सुरेन्द्रको यो प्रयास फोटोग्राफीमा सौगात कार्की र भिडियोग्राफीमा सोनम केसी र उमेश सापकोटाले साथ दिएका थिए । उनीहरूको यो प्रयासलाई ‘गिनिज वर्ल्ड रेकर्ड’ ले अनुमोदन गरेको छ । ‘हाम्रा हिमाल र वातावरण संरक्षण, हिमाली जैविक विविधताका विषयमा जनचेतना फैलाउन र नेपालको पर्यटन प्रवर्द्धनका लागि यो कीर्तिमानी प्रयास गरेका हौँ’ सुरेन्द्रले बताए ।

४ हप्ता अगाडि

प्रतिक्रिया