ग्लोबल र सनराइज बैंकले कति नाफा कमायो ?

५ बर्ष अगाडि

काठमाडौं – ग्लोबल आइएमइ बैंकले चालु आर्थिक वर्ष (२०७५÷०७६) को तेस्रो त्रैमासमा १ अर्ब ८७ करोड २१ लाख नाफा कमाएको छ । 

गत बर्षको यसै अवधिमा बैंकको नाफा १ अर्ब ४१ करोड २२ लाख रुपैयाँ थियो । यो गत वर्षको तुलनामा ३२.५५ प्रतिशतले नाफा बढी हो  ।
 
बैंकले ३ अर्ब ६८ करोड ७९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको यसै अवधिमा २ अर्ब ५९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकले ब्याज आम्दानी मनग्गे गर्दा नाफामा बढोत्तरी देखिएको छ ।
 
बैंकले १ खर्ब १६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ खर्ब ३ अर्ब १६ करोड रुपैयाँ ऋण प्रवाह गरेको छ । बैंकको बेस रेट ९.६० प्रतिशतमा झरेको छ । गत वर्षको यसै अवधिमा बैंकको बेसरेट ११.६८ प्रतिशत थियो ।  बैंकको प्रतिसेयर आम्दानी २४.२१ रुपैयाँ रहेको छ । 

सनराइज बैंकले कति नाफा कमायो ?

यता, सनराइज बैंकले पनि नाफामा बढोत्तरी गरेको प्रतिवेदन सार्वजनिक गरेको छ । बैंकले १ अर्ब २२ करोड ६० लाख खुद नाफा गरेको छ । 

बैंकले गतवर्ष ९४ करोड २१ लाख नाफा गरेको थियो । बैंकको वित्तरण योग्य नाफा भने ९१ करोड ३४ लाख रुपैयाँ रहेको छ । 

बैंकले ७२ अर्ब १९ करोड ६१ लाख रुपैयाँ निक्षेप संकलन गर्दा ६८ अर्ब ८१ करोड रुपैयाँ ग्राहकहरुलाई ऋण प्रवाह गरेको छ । बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ ५ पैसा छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया