वैदेशिक रोजगारीमा जाने ९६ प्रतिशत नागरिक ठगिएका छन् : मन्त्री अर्याल

३ हप्ता अगाडि

 

काठमाडौँ - श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा ठगिएका नागरिकहरूलाई टुलुटुलु हेरेर नबस्ने बताएका छन् । 

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री अर्यालले वैदेशिक रोजगारीमा जाने नागरिकहरू ठगिएका भन्दै आफू टुलुटुलु हेरेर नबस्ने बताएका हुन् । उनले ठगिएका नागरिकहरूको सम्बन्धमा आफूले काम गरिरहेको बताए ।  मन्त्री अर्यालले फ्री भिसा फ्री टिकटले विकराल अवस्था सिर्जना गरेको बताए । 

उनले फ्री भिसा फ्री टिकट जम्मा ४ प्रतिशत मात्रै कार्यान्वयन भएको भन्दै बाँकी ९६ प्रतिशत नागरिक वैदेशिक रोजगारीमा जाँदा ठगिएका बताए । मन्त्री अर्यालले हरेक वर्ष करिब १ खर्ब ३ अर्ब रुपैयाँ बैंकिङ च्यानल बाहिर रहेर कारोबार भइरहेको भन्दै त्यसैबाट नेपाली नागरिकहरू ठगिइरहेका बताए । उनले सरकारले बैंकिङ च्यानलबाट कारोबार गराउनका लागि उच्चतम प्रयास गरिरहेको बताए । 


 

३ हप्ता अगाडि

प्रतिक्रिया