एसईईको नतिजा यसै साता आउने

सोमबार, १० असार २०८१, १२ : २४

काठमाडौँ - राष्ट्रिय परीक्षा बोर्डले यसै साता माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा प्रकाशन गर्ने भएको छ । 

परीक्षा नियन्त्रण कार्यालय कक्षा १० सानोठिमी, भक्तपुरले  सहज रूपमा नतिजा हेर्नका लागि विभिन्न माध्यमको व्यवस्था गरेको जनाएको छ । एसईईको नतिजा एसएमएस, आईभीआर र वेबसाइटबाट पनि थाहा पाउन सकिन्छ ।

नेपाल टेलिकमको १६०० नम्बरमा डायल गरी प्राप्त निर्देशन अनुसार नतिजा थाहा पाउन सकिने परीक्षा बोर्डले जनाएको छ । यसैगरी राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट र नेपाल टेलिकमको वेबसाइटबाट पनि नतिजा थाहा पाउन सकिन्छ ।

सोमबार, १० असार २०८१, १२ : २४

प्रतिक्रिया