मिनी ट्रक दुर्घटना एक जनाको मृत्यु

सोमबार, १० असार २०८१, १४ : ००

काठमाडौँ - कास्कीमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पैचोकबाट ताकान्जातर्फ जाँदै गरेको ग.१ क ३३६१ नम्बरको मिनी ट्रक अनियन्त्रित भई आइतबार बेलुकी दुर्घटना भएको हो । 

दुर्घटनामा सहचालक सोही गाउँपालिका- १ शास्त्री बस्ने १९ वर्षीय सुनिल विकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले मिनी ट्रक चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । 

सोमबार, १० असार २०८१, १४ : ००

प्रतिक्रिया