गरिमा विकास बैंकका ग्राहकलाई विभिन्न संस्थामा विशेष छुट

सोमबार, १० असार २०८१, १४ : १८

काठमाडौँ - गरिमा विकास बैंक लिमिटेडका ग्राहकले विभिन्न व्यवसायिक संस्थाका वस्तु तथा सेवामा विशेष छुट प्राप्त गर्ने भएका छन् ।

शिक्षा,स्वास्थ्य तथा दैनिक उपभोग्य वस्तु तथा सेवा आपूर्तिकर्ताहरूसँगको समन्वयमा विकास बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने व्यवस्था विकास बैंकले मिलाएको हो ।सम्झौता पश्चात गरिमा विकास बैंकको डेविट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुले उपलब्ध गराउने विभिन्न साम्रगी तथा सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । विकास बैंकका ग्राहकहरुले युएसएमा आधारित कोडिङ शैक्षिक संस्था (कार्डिनल) को अधिकृत साझेदार मेट्रोल्याव इडीएक्सले प्रभाह गर्ने सेवामा अधिकतम ६० प्रतिशतसम्म छुट पाउने छन् ।

मेट्रोल्याव इडीएक्सले बालबालिकाहरुलाई काडीङ र एआई बुझ्न विशेष मद्दत गर्ने बताइएको छ । यसैगरी विकास बैंकका ग्राहकहरुले लगनखेल ललितपुरमा अवस्थित पेडल साईकल हाउसमा साइकल खरिदमा अधिकतम १५ प्रतिशत र तिलोत्तमा ५ रुपन्देहीमा अवस्थित एनजी मार्केटका वस्तु तथा सेवाहरुमा अधिकतम १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । यस किसिमको सहकार्यबाट विकास बैंकका डेविट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटीएम मार्फत ग्राहकहरुलार्ई वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ ।

सोमबार, १० असार २०८१, १४ : १८

प्रतिक्रिया