नेपाल टेलिकमको मोबाइल नेटवर्कमा देखिएको समस्या समाधान

सोमबार, १० असार २०८१, १७ : १०

काठमाडौं - नेपाल टेलिकमको मोबाइल नेटवर्कमा देखिएको समस्या हाल समाधान भएको छ। आज अपरान्हदेखि कम्पनीको मोबाइल सेवामा एक्कासी समस्या देखिएको थियो।

टेलिकमका सेवाग्राहीहरुले आफ्नो पोस्टपेड तथा प्रिपेड मोबाइल नम्बरहरूबाट कल नलाग्ने, आवाज नसुनिने र अचानक फोन काटिने जस्ता समस्या देखिने गरेको गुनासो गरेका थिए। यस्तै डाटा सेवामा पनि समस्या आएको बताएका छन्।

 

सोमबार, १० असार २०८१, १७ : १०

प्रतिक्रिया