नेपालले विश्व बैंकबाट थप साढे १० अर्ब  ऋण लिने

सोमबार, १० असार २०८१, १८ : ०८

काठमाडौं - सरकारले विश्व बैंकबाट थप साढे १० अर्बभन्दा बढी ऋण लिने सरकारको निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंकबाट उपलब्ध हुने ८० मिलियन अर्थात्  १० अर्ब ६८ करोड ४६ लाख रुपैयाँ सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको हो । विश्व बैंकको बोर्ड बैठकले गएको वैशाखमा नै नेपाललाई उक्त ऋण स्वीकृत गरिसकेको छ । उक्त ऋण नेपालको वित्तीय क्षेत्रलाई सुदृढ बनाउने प्रयोजनका लागि प्रयोग हुने बताइएको छ ।

सोमबार, १० असार २०८१, १८ : ०८

प्रतिक्रिया