मन्त्रिपरिषद्को बैठकको २१ निर्णय

सोमबार, १० असार २०८१, १८ : २७

काठमाडौँ - सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २१ वटा निर्णय गरेको छ । सरकारले विश्व बैंकबाट उपलब्ध हुने ८० मिलियन अमेरिकी डलर बराबरको ऋण लिने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विश्व बैंकबाट उपलब्ध हुने ८० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको हो । यसैगरी, सरकारले स्थानीय पूर्वाधार सहयोग कार्यक्रमअन्तर्गत बेलायत सरकारबाट प्राप्त हुने थप ८।१ मिलियन पाउण्ड स्टर्लिङ बराबरको अनुदान सहायतासमेत लिने निर्णय गरेको छ। उक्त रकम कर्णाली प्रदेशमा गएको पछिल्लो भूकम्पको कारण भएको क्षतिको पुनर्निमाण र पुनर्स्थापनाका लागि रहेको सरकारका प्रवक्तासमेत रहेकी सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । 

त्यस्तै, असार २७ गतेदेखि २९ सम्म चीनको बेइजिङमा आयोजना हुने उच्चस्तरीय सम्मेलनमा अर्थमन्त्री बर्षमान पुन जाने भएका छन् । सरकारको आज बसेको बैठकले उनको भ्रमण स्वीकृत गरेसँगै मन्त्री पुन बेइजिङ जाने पक्का भएको हो । सरकारले आर्थिक वर्ष २०८०र८१ मा स्थानीय तहलाई वित्तीय समानीकरण अनुदानतर्फ विनियोजन भएको रकम हस्तान्तरण गर्ने निर्णय गरेको छ । 

1.JPG

2.JPG

3.JPG

सोमबार, १० असार २०८१, १८ : २७

प्रतिक्रिया