इजरायलका लागि ८ सय कामदार माग, विभागले माग्यो आवेदन

मंगलबार, ११ असार २०८१, ०८ : ५६

काठमाडाैं- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभागले स्याहार केन्द्र ९केयर सेन्टर० मा इजरायल जान इच्छुक कामदारबाट आवेदन माग गरेको छ । विभागले दीर्घकालीन स्याहार केन्द्रमा बच्चा, युवा तथा ६५ वर्ष ननाघेका गम्भीर अपांगता भएका व्यक्तिका लागि सहायक कामदारका रूपमा जान इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको हो । 

इच्छुक र योग्य नेपाली नागरिकले २१ दिनभित्र आवेदन दिनुपर्नेछ । नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताबमोजिम इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा कामदार पठाउन लागिएको विभागले जनाएको छ । 

सरकारले कुल आठ सय जना कामदार पठाउन लागेको हो । कामदारको मासिक तलब सवा दुई लाख रूपियाँ हुनेछ । सुरुमा करार अवधि एक वर्षको रहे पनि पछि पाँच वर्षसम्म अवधि थप गर्न सकिनेछ ।

मंगलबार, ११ असार २०८१, ०८ : ५६

प्रतिक्रिया