लुटपाटमा संलग्न प्रहरी हवल्दारसहित ४ जना पक्राउ

मंगलबार, ११ असार २०८१, १३ : ५३

काठमाडौँ - भक्तपुर ददिकोटका डिल्लीराज राउतको २ करोड लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरी हवल्दारसहित ४ जनालाई पक्राउ गरेर काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको पक्राउ गरेको छ । 

पक्राउ पर्ने प्रहरी हवल्दार कृष्ण बहादुर बोहरा नेपाल प्रहरीको ‘सशस्त्र प्रहरी दुई नम्बर गण महाराजगन्ज’मा कार्यरत रहेको कार्यालयका एक अधिकारीले जानकारी दिए । पक्राउ परेकाहरूले असार ४ गते सो रकम लुटपाट गरेको उजुरीपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । प्रहरीले घटनाबारे आजै पत्रकार सम्मेलन गरेर विस्तृतमा जानकारी गराउने छ । 

मंगलबार, ११ असार २०८१, १३ : ५३

प्रतिक्रिया