काठमाडौं - एसईईको नतिजा एसएमएस सेवा प्रदायक, स्प्यारो एसएमएसबाट हेर्न सकिने भएको छ । स्प्यारो एसएमएसले नेशनल परीक्षा बोर्डसँगको निरन्तर सहकार्यलाई यो वर्ष पनि निरन्तरता दिन लागेको हो । यस सहकार्यले २०८०\८१ को माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सिधै विद्यार्थीहरूको मोबाइलमा पुर्याउनेछ।
यस साझेदारीले एसईईपरीक्षाको नतिजा छिटो, भरपर्दो, र सुविधाजनक पहुँच प्रदान गर्न लक्ष्य राखेको छ, जसले गर्दा विद्यार्थीहरू र उनका परिवारले महत्त्वपूर्ण जानकारी बिना ढिलाइ प्राप्त गर्न सक्छन्। एसईईको नतिजा २०८०\८१ एसएमएसमार्फत कसरी हेर्ने ?
-आफ्नो मोबाइल सन्देश बक्समा जानुहोस्
-नयाँ सन्देश लेख्नुहोस्
टाइप गर्नुहोस् SEE
–35001 मा SMS पठाउनुहोस्
स्प्यारोका प्रमुख कार्यकारी अधिकृत, मनोज थापाले भने, ‘मोबाइल फोनको व्यापक प्रयोगको फाइदा उठाउँदै, यो एसएमएस आधारित नतिजा प्राप्त गर्न प्रविधिले देशका सबै कुनाका विद्यार्थीहरूले उनीहरूको भौगोलिक स्थान वा इन्टरनेट जडानको बाबजुद सजिलैसँग उनीहरूको एसईई नतिजा हेर्न सक्छन् भन्ने कुरा सुनिश्चित गर्दछ,’ ।
प्रतिक्रिया