मुख्यमन्त्री केजरीवाल जेलमै रहने

मंगलबार, ११ असार २०८१, १५ : ५६

काठमाडौँ- भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल जेलमै रहने भएका छन् । उच्च अदालतले दिल्ली मदिरा घोटालामा मुछिएका केजरीवाललाई जमानतमा रिहा गर्न इन्कार गरेको हो । 

उच्चले घोटाला काण्डमा सही ढङ्गले बहस हुन नसकेको भन्दै जमानत दिन अस्वीकार गरेको हो । 
यसअघि तल्लो अदालतले भने उनलाई जमानत दिएको थियो । त्यसलगत्तै प्रवर्तन निर्देशालय (ईडी) ले उच्च अदालतमा रिट हालेको थियो । सोका आधारमा उच्च अदालतले तत्ललो अदालतको जमानत रद्द गर्दै तिहाड जेलमै पठाउन आदेश दिएको हो । 

उनलाई तल्लो अदालतले २० जुनमा जमानत दिएको भए पनि २१ जुनमा ईडीले उच्च अदालतमा निवेदन दिएको थियो । त्यसपछि केजरीवालको जमानत रोकिएको थियो ।  अब बुधबार सर्वोच्च अदालतमा केजरीवालको जमानतबारे फैसला हुनेछ । 

मंगलबार, ११ असार २०८१, १५ : ५६

प्रतिक्रिया