अरिङ्गालले टोकेर १ जनाको मृत्यु

मंगलबार, ११ असार २०८१, १७ : ०३

काठमाडौँ - ललितपुर महानगरपालिका ५ कुमारीपाटीमा अरिङ्गालले टोकेर १ जनाको मृत्यु छ ।​

मृत्यु हुनेमा सप्तरीको खडक नगरपालिका ३ घर भै हाल काठमाडौंको अनामनगर बस्दै आएका २४ वर्षीय तेजनारायण चौधरी छन् ।​​​ कुमारीपाटीस्तिथ युनाइटेड एकेडेमीमा रंग लगाउने क्रममा उनलाई असार ८ गते अरिङ्गालले टोकेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

एसपी सुवेदीका अनुसार उनलाई सहोदर दाइ हरिनारायण चौधरीले उपचारका लागि काठमाडौंको मोडेल अस्पताल पुर्‍याएका थिए । तर चौधरीको उपचारका क्रममा ११ गते बिहान ०५ बजे मृत्यु भएको हो । उनको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ ।
 

मंगलबार, ११ असार २०८१, १७ : ०३

प्रतिक्रिया