चाँगुनारायणको वडा कार्यालयमा चोरी

मंगलबार, ११ असार २०८१, १८ : ५८

काठमाडौँ - चाँगुनारायण नगरपालिका–४ को वडा कार्यालयको भवनमा चोरी भएको छ । प्रहरीका अनुसार सोमबार राति चोरी भएको हो ।

कार्यालयबाट कम्प्युटर सेट ३ थान, सिपियु २ थान र झ्यालको पर्दा १ थान चोरी भएको छ । यसको मूल्य करिब ३ लाख ६० हजार रुपैयाँ रहेको प्रहरीको भनाई छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । 

मंगलबार, ११ असार २०८१, १८ : ५८

प्रतिक्रिया