पार्किङ क्षेत्रमा बाढी पसेपछि विराटनगर विमानस्थलको उडान बन्द

बुधबार, १२ असार २०८१, १२ : ५९

काठमाडौँ-  पार्किङ क्षेत्रमा बास्ता खोलाको बाढी पसेपछि विराटनगर विमानस्थलको उडान र अवतरण रोकिएको छ ।

विराटनगर महानगरपालिका– ४ मा रहेको विमानस्थलको ट्याक्सी वे र पार्किङ क्षेत्रमा बुधबार बिहान बास्ता खोलाको बाढी पसेको हो ।विमानस्थलका सूचना अधिकारी युवराज भण्डारीका अनुसार पानी सुक्ने क्रममा रहेकाले अब केही समयमा विमानस्थलमा उडान अवतरण पुन: सुरु हुनेछ ।

‘बास्ताबाट ओभर फ्लो भएर आएको पानी ड्रेनबाट निकास हुँदैछ, अब उडान अवतरणका लागि प्राविधिक जाँच हुँदैछ’, उनले भने, ‘पानी रोकियो भने विमानस्थल खुल्छ ।’ उनका अनुसार बास्ता खोलाको पानी पार्किङ वेमा पसेपछि बाढी आउनसक्ने जोखिमका कारण उडान रोकिएको हो ।२०७८ साल कात्तिकमा केसलिया खोलाको बाढी बास्ता खोला हुँदै विराटनगर विमानस्थल भित्र पसेपछि पाँच दिन उडान अवतरण रोकिएको थियो ।

बुधबार, १२ असार २०८१, १२ : ५९

प्रतिक्रिया