गायक परियारको स्वरमा रहेको ‘मेरो मान्छे’सार्वजनिक

विहीबार, १३ असार २०८१, १३ : १९

काठमाडौं - बहुचर्चित गायक शिव परियारको स्वरमा रहेको ‘मेरो मान्छे’म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गत शुक्रबार सुवास  चन्द्र ढुँगेल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । यस म्युजिक भिडियोमा समीप निरौला, सपना जनक र मनिश प्रितमको बेजोड अभिनय देख्न सकिन्छ। वरिष्ठ गीतकार सुवासचन्द्र ढुंगेलको शब्द रचना र संकेत अगस्तीको संगीतमा सजिएको उक्त गीतको संगीत संयोजन विशाल निरौला र ध्वनी मिश्रण महेश्वरमान राजभण्डारीको रहेको छ।

दिनेश पराजुलीको छायांकन, पुनम चौधरीको शृंगार, समीप निरौलाको कथा, संवाद तथा सम्पादन, टेकेन्द्र शाहको कलर, सुवास शाहको प्रमुख सहायक निर्देशन ,साक्षी(श्रेयको सहायक निर्देशन र सुनिता ढुंगेलको निर्माण रहेको ‘मेरो मान्छे’ मा  एकल प्रेमको पीडा र त्यसले निम्ताएको द्वेषलाइ देख्न सक्छौं।

 

messenger sharing button

whatsapp sharing button

twitter sharing button

sharethis sharing button

विहीबार, १३ असार २०८१, १३ : १९

प्रतिक्रिया