विश्वकै उत्कृष्ट एयरलाइन्सको रुपमा कतार एयरवेज, दोस्रोमा कुन ?

विहीबार, १३ असार २०८१, १३ : १९

काठमाडौँ- सिंगापुर एयरलाइन्स फेरि शिर्ष स्थानबाट तल झरेको छ ।  विश्वकै उत्कृष्ट एयरलाइन्सको रुपमा फेरि कतार एयरवेज शिर्ष स्थानमा उक्लिएको छ । स्काईट्रयाक्सका अनुसार कतार एयरवेज सन् २०२४ का लागि विश्वकै उत्कृष्ट एयरलाइन्स बनेको छ।

कतार एयरवेजले अभूतपूर्व आठौं पटक शीर्ष स्थानमा फर्कदै स्काईट्र्याक्सद्वारा आयोजित  ‘एयरलाइन अफ द इयर’ उपाधि जितेको छ । वर्ल्ड्स बेस्ट बिजनेस क्लास,वर्ल्ड्स बेस्ट बिजनेस क्लास एयरलाइन लाउन्ज, र बेस्ट एयरलाइन इन द मिडल इस्ट विधामा पनि कम्पनीले उपाधि जितेको छ । शिर्षबाट दोस्रो स्थानमा झरेको सिंगापुर एयरलाइन्स विश्वको उत्कृष्ट केबिन क्रू र उत्कृष्ट प्रथम श्रेणीको साथै एशियाको उत्कृष्ट एयरलाइनको सूचीमा भने शीर्ष स्थानर्मै छ ।शीर्ष १० मा एशियाली एयरलाइन्सको वर्चस्व छ ।डेल्टा एयरलाइन्स गत वर्षको तुलनामा एक स्थान तल २१औं झरेको छ ।

उपलब्धि बारे टिप्पणी गर्दै कतार एयरवेज ग्रूपका प्रमुख कार्यकारी अकबर अल बकर र प्रमुख कार्यकारी अधिकृत इन्जिनीयर बद्र मोहम्मद अल मीरले भने, “यो कतार एयरवेजका लागि गर्वको क्षण हो। म मेरो समर्पित टोलीसँग यो पुरस्कार बाँड्न पाउँदा खुशी छु। हामी हाम्रा ग्राहकहरूलाई उत्कृष्टताको उच्चतम स्तरको साथ सेवा गर्न जारी राख्न तत्पर छौं। ” २५ वर्षे इतिहासमा कतार एयरवेजले यो आठौं पटक विश्वकै उत्कृष्ट एयरलाइन्स उपाधि कब्जा गरेको हो। सिंगापुर एयरलाइन्स भने यो सूचीको दोस्रो स्थानमा झरेको छ। तेस्रोमा इमिरेट्स एयरलाइन्स छ जुन गत वर्षको तुलनामा एक स्थान माथि हो।त्यसैगरी,हमाद अन्तरराष्ट्रिय विमानस्थललाई तेस्रो पटक विश्वको उत्कृष्ट विमानस्थल घोषित भएको छ ।

हेर्नुहोस शिर्ष १० बीमान कम्पनीहरु :

विहीबार, १३ असार २०८१, १३ : १९

प्रतिक्रिया