काठमाडौं – गण्डकी प्रदेशका सांसद फणिन्द्र देवकोटाले अदालतको आदेश लिएर जाँदा पनि प्रदेशसभा बैठकमा भाग लिन पाएनन् । पार्टीको ह्वीप विपरीत मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई विश्वासको मत दिएको भन्दै नेपाल समाजवादी पार्टीसम्वद्ध फणिन्द्रलाई माओवादी केन्द्रले कारबाही गरेको थियो आज बसेको बैठकमा सहभागी हुन पुगेका उनलाई मर्यादापालकले भित्र जान रोकेका हुन् ।
,सर्वोच्च अदालतले तत्कालका लागि कारवाहीको निर्णय कार्यान्वयन नगर्न आदेश दिएसँगै आज उनी संसद बैठकमा भाग लिन गएका थिए ।
नेसपाका नेता फणीन्द्र गत निर्वाचनमा माओवादी केन्द्रको चिन्हमा गोरखा २ (क)बाट निर्वाचित भएका थिए । माओवादीको चिन्हबाट चुनाव जितेकाले कानुनतस् माओवादीकै संसदीय दलमा उनको आवद्धता थियो ।
तर, २८ जेठमा मुख्यमन्त्री पाण्डेले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा माओवादी संसदीय दलको ह्वीप उल्लंघन गर्दै उनले पक्षमा मतदान गरे र, भोलिपल्ट ऊर्जामन्त्री बने । त्यसपछि उनलाई निलम्बन गर्न माग गर्दै माओवादीले सभामुखलाई पत्र बुझाएको थियो ।
सोही पत्रको आधारमा सभामुख कृष्णप्रसाद धितालले प्रदेशसभामा फणीन्द्र पदमुक्त भएको जानकारी गराएका थिए । त्यसविरुद्ध रिट लिएर सर्वोच्च पुगेका उनको पक्षमा अदालतले आदेश दिएको थियो ।
प्रतिक्रिया