रास्वपा दुर्घटनामा पर्ने चेतावनी

विहीबार, १३ असार २०८१, १४ : २९

काठमाडौं – सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकाल यतिबेला पार्टीभित्र रचनात्मक तर फरक विचार राख्ने नेताको रुपमा चिनिन्छन् । पार्टी आम नागरिक र कार्यकर्ताको धारणा बुझ्न देश दौडाहामा निस्केका महामन्त्री ढकाल असार ५ गते काठमाडौं फर्किए । उनी ३८ जिल्ला पुगेर २०७९ जनाभन्दा बढीसँग अन्तर्क्रिया गरेर फर्किएका हुन । पार्टी सभापति रवि लामिछानेलाई भ्रमणको प्रतिवेदन बुझाउँदै उनले पार्टी दुर्घटनामा पर्ने चेतवानी दिएका हुन । यसैकारण आफू पदबाट हटाएन सक्ने पनि उनले बताएका छन् । 
रास्वपामा लोकतान्त्रिक परिपाटीको अभाव रहेको भन्दै उनले पार्टीमा सामूहिक नेतृत्व स्थापित गर्न बहस चलाउँदै आएका छन् ।  


 

विहीबार, १३ असार २०८१, १४ : २९

प्रतिक्रिया