फिल्म  'घरज्वाइँ' को ट्रेलर सार्वजनिक

विहीबार, १३ असार २०८१, १७ : १८

काठमाडौँ - अभिनेता दयाहाङ राई अभिनीत  फिल्म 'घरज्वाइँ' को ट्रेलर सार्वजनिक गरिएको छ। 

मगर संस्कार र संस्कृतिको पृष्ठभूमिमा बनेको फिल्मलाई अनिल बुढा मगरले लेखन तथा निर्देशन गरेका हुन्। फिल्ममा दयाहाङ र मिरूनाका साथमा शिशिर बाङ्देल, राज थापा मगर, कविता आले मगर, बुद्दि तामाङ, पुष्कर गुरूङ, अनु थापा, सुनिल मगर, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु) लगायत कलाकारको अभिनय छ। 

यसमा निर्देशक अनिलसँगै बिनोद खतिवडा र सुवास कोइरालाले मिलेर पटकथा लेखेका हुन्। जनक घर्ती मगर निर्माता रहेको फिल्मलाई सुशन प्रजापतिले छायांकन, कृष्ण भण्डारीले सम्पादन गरेका छन्।

 

 

विहीबार, १३ असार २०८१, १७ : १८

प्रतिक्रिया