मेलम्ची खोलाले बगाएर  युवतीको मृत्यु

विहीबार, १३ असार २०८१, १८ : १४

काठमाडौँ - सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका- ५ सिरिशे बस्ने २२ वर्षीया निशा कुमारी तामाङको मेलम्ची खोलाले बगाएर बिहीबार बिहान मृत्यु भएको छ ।

खोला तर्ने क्रममा बगाएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय हेलम्बु, प्रहरी चौकी तालामाराङ र अस्थायी प्रहरी पोष्ट शेराबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा मेलम्ची गाउँपालिका–६ स्थित मेलम्ची खोलामा उनको शव फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।
 

विहीबार, १३ असार २०८१, १८ : १४

प्रतिक्रिया