बस दुर्घटना हुँदा १० जना घाइते

शुक्रबार, १४ असार २०८१, १२ : ३३

काठमाडौँ - रामेछापको लिखु तामाकोसी गाउँपालिका–६ खिम्तिको बिर्ता लामपानीमा शुक्रबार बिहान बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

बा ५ ख ५६२५ नम्बरको बस दुर्घटनामा परेको वडाध्यक्ष शिवप्रसाद न्यौपानेले जानकारी दिए । न्यौपानेका अनुसार बस सडकबाट तल खसेर रुखमा अडिएको छ । बसमा रहेका सबै यात्रीलाई बाहिर निकालिएको र घाइतेलाई उपचारको लागि खिम्ति प्राथमिक स्वास्थ्य  केन्द्र तथा मन्थली पठाइएको छ । घाइते मध्ये तीनका अवस्था गम्भीर रहेको छ । बसको बायाँ तर्फको टायर फिलिङ गरेको माटोमा फस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । 

शुक्रबार, १४ असार २०८१, १२ : ३३

प्रतिक्रिया