काठमाडौं महानगरको नगरसभा बैठक स्थगित

शुक्रबार, १४ असार २०८१, १४ : ०९

काठमाडौं - काठमाडौं महानगरपालिकाको नगर सभा बैठक स्थगित भएको छ । शुक्रबार बिहान ८ बजेका लागि डाकिएको नगर सभामा मेयर बालेन शाह उपस्थित नभएपछि बैठक स्थगित भएको हो । आजको बैठकले आगामी वर्षको बजेट पारित गर्ने कार्यसूची तय गरेको थियो ।

आज आगामी वर्षको २०८१\८२ को नीति तथा कार्यक्रम पारित गर्ने र बजेट तथा कार्यक्रम सम्बन्धमा छलफल र पारित गर्ने कार्यसूची थियो । यस्तै, काठमाडौं महानगरपालिका आर्थिक विधेयक, विनियोजन विधेयक छलफल र पारित गर्ने कार्यसूची थियो । न्यायिक समितिको आर्थिक वर्ष २०८०\८१ को प्रतिवेदन, लेखा समितिको आर्थिक वर्ष २०८०\८१ को प्रतिवेदन छलफल गर्ने र पारित गर्ने कार्यसूची रहेको थियो । यसैबीच मेयर बालेन्ले शुक्रबार एक स्ट्याटस लेख्दै कांग्रेस-एमालेका जनप्रतिनिधिले नगर सभा बैठक रोकेको आरोप लगाएका छन् ।

उनले कांग्रेस-एमालेका जनप्रतिनिधिले विपी र पुष्पलालको नाममा करोडौको कार्यक्रम गर्न भनेको उल्लेख गर्दै आफुले त्यसको बदला चार स्वतन्त्र सेनानी सहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा गरौँ भनेको उल्लेख गरेका छन् ।

शुक्रबार, १४ असार २०८१, १४ : ०९

प्रतिक्रिया