जिप दुर्घटना हुँदा नौ जना घाइते

शुक्रबार, १४ असार २०८१, १७ : २७

काठमाडौँ - दैलेखमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।

शुक्रबार दिउँसो  दैलेखको सदरमुकामबाट नौमुलेका लागि छुटेको कर्णाली प्रदेश ०२००१ च ०७८७ नम्बरको जिप नारायण नगरपालिका- ५ धितामा दुर्घटनामा परेको हो । घटनामा ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी डीएसपी सुनिल दाहालले जानकारी दिए ।

दुई जनाको अवस्था गम्भीर रहेको छ । उनीहरूको स्थानिय अस्पतालमा उपचार भइरहेको डीएसपी दाहालले बताए । दुर्घटनाको कारण खुल्न सकेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

शुक्रबार, १४ असार २०८१, १७ : २७

प्रतिक्रिया