राष्ट्रिय संगीत दिवस घोषणा गर्न पहल गर्छु : उपप्रधानमन्त्री श्रेष्ठ

शनिबार, १५ असार २०८१, ०७ : ५०

काठमाडाैं- राष्ट्रिय संगीत दिवस घोषणा गर्नका लागि सरकारले छिट्टै प्रक्रिया सुरु गर्ने भएको छ । ललितपुर संस्कृति सम्वर्द्धन केन्द्र र ललितपुर महानगरपालिका ले  सँयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले उक्त कुरा बताए । संगीत राष्ट्रको एतिहासीक एवं महत्तवपूर्ण धरोहर रहेको बताउँदै उपप्रधानमन्त्री श्रेष्ठले राष्ट्रिय संगीत दिवस घोषणा गर्न आफूले सबै पक्ष सँग छलफल गर्ने बताए ।

संगीत राष्ट्रको पहिचान हो १ संस्कृतिको धरोहर हो । चेतना, सौन्दर्य एवं मनोरञ्जनको माध्यम पनि हो । राष्ट्रिय संगीत दिवस मनाउने बारे सम्माननीय प्रधानमन्त्री सँग आजै छलफल भएको छ । अव यो विषयलाई सबै पक्षसँग सल्लाह गरेर टुंगोमा पुर्याउने छुू, उपप्रधानमन्त्री श्रेष्ठले भने ।

पुर्खाहरुको वीरताको कारण नेपाल कहिले कसैको प्रत्यक्ष उपनिवेश नभई स्वतन्त्र राष्ट्र रहेको उल्लेख गर्दै उनलेभ ने  तिहासीकरूपमा नेपाल संगीतको देश हो ।हावापानी तथा भौगोलिक विविधताका कारण नेपाल विश्वको सुन्दरतम देशमध्ये पर्ने धारणा राख्दै उपप्रधानमन्त्री श्रेष्ठले नेपालमा असाध्यै धेरै विकासको सम्भावना रहेको बताए ।
कृषि, जलश्रोत एवं पर्यटन विकासका लागि प्रचुर सम्भावना देशमा रहेको बताउँदै उहाँले भन्नुभयो,ूयिनै सम्भावनालाई केन्द्रमा राख्दै सरकारले विकासको गतिलाई तीव्रता दिन क्रियाशील छ ।

शनिबार, १५ असार २०८१, ०७ : ५०

प्रतिक्रिया