महासंघको निर्वाचन भाड्ने खेल भयोः चार पत्रकार संगठन

शनिबार, १५ असार २०८१, ०८ : ११

काठमाडाैं-  पत्रकार महासघको निर्वाचनलाई अस्थिरता तर्फ धकेल्ने खेल सुरु  भएको भन्दै चार पत्रकार संगठनले विरोध जनाएका छन् । शुक्रबार विज्ञप्ति जारी गर्दै प्रेस चौतारी नेपाल, प्रेस संगठन नेपाल,समाजवादी प्रेस संगठन,क्रान्तिकारी प्रेस संगठन र प्रगतिशील पत्रकार संघले ध्यानाकर्षण गराएको हो ।

नेपाल पत्रकार महासंघको २०८१ असार २२ गते हुने निर्वाचनका लागि केन्द्रीय समितिको तर्फबाट मतदाता नामावली निर्वाचन समितिलाई हस्तान्तरण भई महासंघका अध्यक्ष समेत संलग्न सरोकारवाला पक्षको सर्वसम्मतिमा निर्वाचन समितिले सार्वजनिक गरेको पछिल्लो निर्वाचन तालिका अनुसार असार १५ गते उम्मेदवार मनोनयन गर्ने सम्पूर्ण तयारीभएको थियो ।

तर, उम्मेदवार मनोनयनको पूर्वसन्ध्यामा आज महासंघको केन्द्रीय कार्यालयमा प्रेस यूनियन सम्बद्ध केही व्यत्ति दुरु समूहगत रुपमा जम्मा भई हुल हुज्जत गर्ने, निर्वाचन समितिका सदस्यहरुमाथि दुर्व्यवहार गर्ने, निर्वाचन कार्यमा खटिएका कर्मचारीमाथि हातपात गर्ने जस्ता निन्दनीय कार्य हुँदा समेत महासंघको मूल नेतृत्वले त्यसलाई नियन्त्रण गरी वातावरण सहज बनाउन कुनै पहल नगर्नुले विभिन्न आशंका उत्पन्न गराएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ,‘ महासंघको मुख्य नेतृत्व खासगरी अध्यक्षको मौनता साध्नु र सहज वातावरण बनाउन नलाग्नुले थप आशंका जन्माएको छ। ’

महासंघको विधान बमोजिम तीन वर्षे कार्यकाल पूरा भई महाधिवेशन समेत सम्पन्न भइसकेको अवस्थामा निर्वाचनको प्रक्रियालाई सहजरुपमा अघि बढाउन केन्द्रिय निर्वाचन समितिलाई सहयोग गर्नु महासंघको वर्तमान नेतृत्वको दायित्व हो। निर्वाचन कार्यतालिका अनुसार भोलि असार १५ गते केन्द्रीय समितिको मनोनयन दर्तासहितका सबै कार्यहरु अधि बढाउन निर्वाचन समितिलाई सहयोग गर्न महासंघका अध्यक्ष र केन्द्रीय नेतृत्वको ध्यानाकर्षण समेत  गराएका छन्।  अन्यथा महासंघको विधि, विधान र स्थापित मान्यता विपरित महासंघमा हुलहुज्जत गरी प्रक्रियालाई अवरुद्ध गर्ने सुनियोजित कार्यमा महासंघको नेतृत्व नै संलग्न भएको स्पष्ट हुने र त्यस्तो अवस्थामा महासंघको अस्तित्व रक्षाका निम्ति हामी जस्तोसुकै कदम चाल्न बाध्य हुने चेतावनी समेत  दिएका छन् ।1719626775103

दाबी बिराेध

शनिबार, १५ असार २०८१, ०८ : ११

प्रतिक्रिया