काठमाडाैं -बैँकको एटीएम मेसिनबाट पैसा निकाल्ने कुरा त सबैलाई थाहा नै छ तर कतिपयलाई वाटर एटीएम के हो भने थाहा नहुन सक्छ । ललितपुर महानगरपालिकाले विभिन्न स्थानमा सर्वसाधारणलाई सजिलो पार्नका लागि ठाँउ ठाँउमा वाटर एटिएम मेसिन राखिएको छ । नेपालमै पहिलो पहिलो पटक २०७५ फागुनमा ललितपुर महानगरपालिकाले महानगरपालिका को पाङ्गणमा यो मेसिन जडान गरिएको थियो । वाटर एटीएम मेसिनको सुविधाले उपभोक्ताको तिर्खा मेटाउन सजिलो भएको छ । एटीएमबार २०० मिलि लिटर र एक लिटर पानी पिउने व्यवस्था गरिएको छ। दुई सय मिलिलिटर पानीको मुल्य, दुई र एक लिटरको मुल्य १० रुपैयाँ रहेको छ ।
एटीसममा दुई रुपैँयाको कोईन हानेपछि पानि झर्ने व्यवस्था गरिएको छ भने छुट्टै एटीएम कार्ड प्रयोग गरेर पनि पानि पिउन पाइने व्यवस्था गरिएको छ । वाटर एरियम मेसिन वीर अस्पताल शीक्षण अस्पताल पाटन अस्पताल लगायतका आस्पतालमा बढी बिरामीको चाप हुने हुनाले यस्ता ठाँउको अध्ययन गरेर राखिएको छ । वाटर एटिएमलाई नेपालीमा पधेँरी नामाकरण गरिएको छ । बँगालामुखी मन्दिर अगाडि राखिएको वाटर मेसिनको निमार्णका लागि १० लाख लगानि गरिएको छ । सो वाटर एटिएमको कारणले
मन्दिरमा दर्शन गर्नका लागि त्यो बाटो हिड्ने र अन्य देशबाट नेपाल भम्रणको लागि आउने सम्पूणलाई लाभ भएको छ । लालितपुर माहानगरपकिमा खानेपानिको धेरै असुविधा रहेका छ । एक लिटर पनि भर्न २५ रुपैया लाग्छ। यो मेसिनबाट पनि पिउँदा थेरै पैसा लाग्छ।
बँगलामुखी मन्दिरमा दर्शन गर्नका लागि दिनँहु हजाराै मानिस आउने गर्दछन् । शनिबार र अन्य विभिन्न चार्डपर्वको बेलामा झन् धेरै भिड हुने गर्दछ । पानि पर्दा मात्रै पानि आउने ढुङ्गे धारा पनि सुक्छन् । त्यस्तो बेलामा श्रर्दालु भक्तजनहरुलाई पानी पिउन सजिलो भएको छ। यस एटिएमबाट सुद्धिकरण विधिद्धारा शुद्ध पारिएको पानि आउने भएकाले स्वास्थको लागि पनि राम्रो हुने गर्दछ । मन्दिरमा पुजा गर्न आउनु भएकी सिता विक ले भनिन् वाटर एटिएम मिसिनले गर्दा तिर्खाएका बेलामा प्यास मेटेको छ । कहिले काहिँ पैसा कमि हुदाँ पनि प्यास मेटाउन सजिलो हुन्छ ।
वाटर एरिएमबाट बार कसरी पानि खाने ?
१ रु ५ वा १० को नोटलाई पैसा साट्ने मेसिनबाट रु १ को सिक्का साट्ने ।
२ साटेको रु १ को सिक्कालाई कप डिस्पेन्सर मेसिनको सिक्का हाल्ने ठाँउमा छिराउने र २०० मिलि कागजको कप लिने ।
३ कपलाई लगेर कप वा बोतल थाप्ने धाराको तल राख्ने । अनि रु १ को सिक्कालाई घारा संगैको सिक्का हाल्ने ठाँउमा धारा र सिक्का हाल्ने ठाँउको अंक मिलाई छिराउने
४ २०० मि.लि. शुद्ध पिउने पानी कप वा बोतलमा झर्ने छ ।
प्रतिक्रिया