विवादै विवादको भुमरीमा एनसीसी बैंक, निक्षेपकर्ताको निक्षेप डुब्ने जोखिम बढ्यो

५ बर्ष अगाडि

काठमाडौं – कुनै समय बैंकहरुमा राम्रो मानिएको एनसीसी बैंक करिब करिब डुब्ने अवस्थामा पुगेको छ । मुद्दा माथि मुद्दा मात्रै पर्ने र सञ्चालकहरुबीच रहेको चरम विवाद र बमेलका कारण सर्वसाधारणको निक्षेप समेत डुब्ने अवस्थामा पुगेको बताइन्छ ।

बैंकको वित्तीय अवस्था समेत राम्रो रहेको छैन । नेपाल राष्ट्र बैंकले तोकेको आठ अर्ब रुपैयाँ बराबरको चुक्ता पूँजी समेत पुग्न सकेको छैन । विवादका कारण बैंक चरम रुपमा मुद्दा मामिलामा फसेको छ । समस्या समाधानका लागि भएका पहलले पनि सार्थक परिणाम दिन सकेको छैन ।

विवादमा फसेर मुद्दा मात्रै झैल्दै आएको बैंकले दुई आर्थिक वर्षको साधारणसभा समेत गर्न पाएको छैन । सो बैंकले  दुई वर्षको नाफाबाट सेयरधनीलाई २१ प्रतिशत बोनस सेयर दिन सकिने प्रस्ताव गरेको भएपनि त्यसको कुनै टुंगो लागेको छैन ।  आर्थिक वर्ष ०७२÷०७३ सम्मको १९ औं वार्षिक साधारणसभा गरेको एनसीसीले मुद्दाले गर्दा २० र २१ औं साधारणसभा गर्न नसकी थला परेर बसेको छ ।

दुई वर्षको नाफाबाट सेयरधनीलाई दिने लाभांश प्रस्तावसहित लेखापरीक्षण प्रतिवेदनस्वीकृतिका लागि केन्द्रीय बैंकमा  बुझाइएको बताइन्छ । बैंकका अध्यक्ष  उपेन्द्रकेशरी न्यौपानेकै कारण पनि बैंक समस्यामा परेको दावी गरिन्छ । उनलाई सो बारेमा बुझ्दा उनले आफू बैठकमा भएकाले बोल्न नसकेको बताए ।

बैंकमा एनबी समूहको  मुद्दा किनारा लागेपछि लेखापरीक्षण प्रतिवेदन स्वीकृत गर्ने राष्ट्र बैबले बैंकलार्य जानकारी गराएको बताइन्छ । राष्ट्र बैंकले अडिट रिपोर्ट स्वीकृत नगरेसम्म साधारणसभा गर्न नपाइने भएकाले लगानीकर्ताले लाभांश नपाउने अवस्था समेत नरहेको बताइन्छ ।

एनसिस्लिे  आर्थिक वर्ष ०७३÷०७४ मा १५ प्रतिशत र गत आर्थिक वर्ष ०७४÷०७५ मा ६ प्रतिशत बोनस सेयर दिने उक्त  रिपोर्टमा उल्लेख छ । यद्यपि बैंकले सो विषयलाई हालसम्म सार्वजनिक समेत गरेको छैन । सार्वजनिक गर्नु त परैको कुरा सञ्चालक समितिले समेत उक्त प्रतिवेदन पारित गरेको छैन । राष्ट्र बैंकले  स्वीकृति दिएपछि मात्र बोनश वितरण गर्न पाउने अवस्था रहेको छ ।

लफडामा परेका सिभिल बंक र कुमारी बैंकले  यही वैशाख २७ र २८ गते २ वर्षको साधारणसभा एकै पटक गर्ने तयारी गरेको छन् । तोकिएको समयमा साधारणसभा नगर्ने र न्यूनतम ८ अर्ब रुपैयाँ पुँजी नपुर्याउनेमा एनसीसी मात्र देखिएको छ । कूल ४० प्रतिशत हकप्रद सेयर निष्कासनपछि एनसीसीको चुक्ता पुँजी ७ अर्ब १ करोड रुपैयाँ पुगेको थियो ।  

बैंकले दुई आर्थिक वर्षको बोनस वितरणपछि पुँजी ८ अर्ब रुपैयाँ पुर्याउने लक्ष्य राखेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया