काठमाडौं- काठमाडौं विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङले स्नातक तहको विभिन्न शैक्षिक कार्यक्रममा भर्ना खुलाएको छ । यसअन्तर्गत बीएससी कम्प्युटर साइन्स, बीसएससी कम्प्युटेसनल म्याथम्याटिक्स, ब्याचलर अफ डेटा साइन्स, बी। टेक बायोटेक्नोलोजी, बीएससी बायोइन्फर्मेटिक्स लगायतका कार्यक्रममा भर्ना खुलाइएको छ ।
यो विषयमा भर्ना हुन विद्यार्थीले ११र१२ कक्षामा फिजिक्स, केमेस्ट्री र म्याथम्याटिक्स (पीसीएम) अथवा फिजिक्स, केमेस्ट्री, बायोलोजी (पीसीबी) विषय अनिवार्य रुपमा लिएको हुनु पर्नेछ । तर कुल प्राप्ताङ्कको ५० प्रतिशत अथवा २.० सीजीपीए ल्याएको हुनु पर्नेछ ।
यसबाहेक बायोइन्फर्मेटिक्सका विद्यार्थीले बायोटेक्नोलोजीको अतिरिक्त अध्ययन गरेर डबल डिग्री समेत लिन सक्ने विश्वविद्यालयले जनाएको छ । यसका साथै १२ कक्षाको नतिजा कुरिरहेका विद्यार्थीले समेत यसमा आवेदन दिन सक्नेछन् ।भर्ना हुन इच्छुक विद्यार्थीले विश्वविद्यालयले लिने एकीकृत प्रवेश परीक्षामा उत्तीर्ण हुनु पर्नेछ । विद्यार्थीले ११ साउनसम्म अनलाइन आवेदन दिइसक्नुपर्ने छ । यी विषयमा विद्यार्थी कोटा तथा शुल्क यस प्रकार रहेका छन् ।
प्रतिक्रिया