काठमाडौं - राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद् ऐन, कानुन बनाउनुपर्ने भूमिकामा चुक्दै गएको बताएका छन् । आइतबार संसद् भवनमा ६६औँ संसद् दिवसकाम अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले नेपाली नागरिकको उत्कृष्ट प्रतिनिधिको थलो संसद् भए पनि ऐन, कानुन बनाउनतर्फ चुकेको जिकिर टिप्पणी गरे । सांसदहरूले निर्माण गर्ने कानुनले नै देश कता जान्छ भन्ने निर्धारण हुने उनले उल्लेख गरे । उनले सांसदहरू कानुन बनाउन बढी केन्द्रित हुनुपर्नेमा जोड दिए । अध्यक्ष दाहालले सांसदहरूले देश र जनतालाई फाइदा हुने ढंगले सोच्न जरुरी रहेको बताए ।
प्रतिक्रिया