वर्तमान संविधानकै कारण संसद प्रभावकारी बन्न सकेन : पूर्वसभामुख ढुंगाना

आइतबार, १६ असार २०८१, १६ : ३३

काठमाडौँ – पूर्वसभामुख दमननाथ ढुंगानाले वर्तमान संविधानले नै संसदलाई प्रभावकारी बन्न नदिएको बताएका छन् । ‘अहिलेको संविधानमा प्रधानमन्ँत्रीलाई दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नसकिने व्यवस्था छ । संसदीय व्यवस्थामा यस्तो हुनै सक्तैन,’ ढुंगानाले भने । साथै उनले प्रत्यक्ष निर्वाचित सांसद र समानुपातिक सांसदहरूलाई एउटै संसदमा राखेर संसद् प्रभावकारी बन्न नसक्ने बताएका छन् । आइतबार संसद् भवनमा पूर्व सांसद मञ्चद्वारा आयोजित ६६ औँ संसद् दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

पूर्व सभामुख ढुंगानाले समावेशिता वर्तमान संविधानको सबैभन्दा राम्रो पक्ष भएको बताउँदै समावेशिता कहाँ राख्ने भन्ने कुराको यकिन हुन आवश्यक रहेको बताए । उनले समानुपातिकमा आउने महिलाहरूको लागि छुट्टै, जनजाति, मधेसी, थारुहरूका छुट्टै प्रत्यक्ष निर्वाचन क्षेत्र बनाउन जरुरी रहेको बताए ।

आइतबार, १६ असार २०८१, १६ : ३३

प्रतिक्रिया