संसद कानुन बनाउने मात्र होइन राष्ट्र निर्माण गर्ने थलो पनि हो  ः सभामुख घिमिरे

आइतबार, १६ असार २०८१, १६ : ५४

काठमाडौँ – नेपालमा संसदको पहिलो बैठक बसेको दिन २०१६ साल असार १६ गतेलाई स्मरण गर्दै संसद दिवस मनाउने प्रचलन सुरु भएको हो । तत्कालीन राजा महेन्द्रले रातको ११ः४५ संसदको बैठक बोलाएका थिए । आइतबार संसद् भवनमा ६६ औँ संसद् दिवसको अवसरमा आयोजित कार्यक्रमका अधिकांस बक्ताहरुले संसद प्रभावकारी बन्न नसकेको विचार व्यक्त गरे । कार्यक्रममा प्रमुख अतिथि एवम् मञ्चका संरक्षक सभामुख देवराज घिमिरेले संसद् कानुन बनाउने थलो मात्रै नभई राष्ट्र निर्माण गर्ने महत्त्वपूर्ण केन्द्र भएको बताए । 
 सरकार–सरकारका बीचमा टकराव भएर विश्वमा युद्ध भैरहेको बताउँदै उनले संसद्को कूटनीतिले जनताका भावनाहरू एक ठाउँमा ल्याउन सकिने र विश्वमा शान्ति कायम गर्न सकिने पनि बताए । उनले संसदीय कूटनीतिले देशलाई ठिक दिशामा लैजान महत्त्वपूर्ण भूमिका खेल्ने समेत बताए । सभामुख घिमिरेले सरकार पनि संसद्बाटै निर्देशित हुने भन्दै संसद्ले लिने अठोट र भूमिकाले नै देशलाई ठिक दिशामा चलाउन सकिने बताए ।

सभामुख घिमिरेले २००७ सालदेखि बनेका कानुनहरू अहिलेको प्रविधिअन्तर्गत डिजिटलाइज गर्ने, अर्काइभ गर्ने र सुरक्षित गर्ने काममा संसद् लागिपरेको बताए ।  सभामुख घिमिरेले अहिले संसद्लाई प्रभावकारी बनाउने, नेपालको कूटनीतिलाई ठिक ढङ्गबाट निर्क्योल गर्ने, विश्वव्यापी रूपमा कूटनीतिक व्यवहार प्रयोग गरी नेपाललाई अघि बढाउने कुरामा केन्द्रित भएको बताए
पूर्व सांसद मञ्चका अध्यक्ष ओमकार प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पूर्वसभामुखहरु दमननाथ ढुंगाना, अग्निी प्रसाद सापकोटा, तारानाथ रानाभाट लगायतले मन्तव्य राखेको थिए । 

आइतबार, १६ असार २०८१, १६ : ५४

प्रतिक्रिया