काठमाडौँ - रिडी पावर कम्पनीको अध्यक्षमा कुवेरमणि नेपाल नियुक्त भएका छन् । कम्पनीको गत असार १४ गते बसेको सञ्चालक समितिको बैठकले नेपाललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
कम्पनीले रिक्त रहेको प्रबन्ध सञ्चालक पदमा नव नियुक्त सञ्चालक सन्तोष अधिकारीलाई नियुक्त गरेको छ । कम्पनीको असार १४ गते शुक्रबार बसेको सञ्चालक समिति बैठकले सञ्चालक समिति नयाँ अध्यक्ष चयनदेखि प्रबन्ध सञ्चालक नियुक्त र तत्कालीन अध्यक्ष न्यौपानेको राजीना स्वीकृत लगायतका निर्णय गरेको गरेको छ ।
प्रतिक्रिया