काठमाडौँ- धनुषामा जन्ती बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । सर्लाहीबाट जन्ती लिएर लहान जाँदै गरेको ना ४ ख ४४९२ नम्बरको बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका–८ पोर्ताहामा सडक छेउमा पल्टिँदा १५ जना घाइते भएका हुन् ।
राति ९ बजेतिर भएको बस दुर्घटनामा १५ जना घाइते भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । घाइतेमध्ये एकजना मध्यम र अन्य सबै सामान्य रहेका प्रहरीले जनाएको छ । उनीहरूको गोदारस्थित रिया पोलिक्लिनिकमा उपचार भइरहेको छ । दुर्घटनापछि बस चालक फरार रहेका छन् ।
प्रतिक्रिया