नेपाल  पत्रकार महासंघका पूर्वउपाध्यक्ष भट्टको मृत्यु

सोमबार, १७ असार २०८१, १२ : ०६

काठमाडौँ - नेपाल पत्रकार महासंघका पूर्वउपाध्यक्ष कर्णदेव भट्टको ७६ वर्षको उमेरमा मृत्यु भएको छ। 

लामो समयदेखि मधुमेह र उच्चरक्तचापबाट पीडित उनको भीमदत्त नगरपालिका- ६ स्थित आफ्नै निवासमा आइतबार राति निधन भएको हो। भट्ट कञ्चनपुरबाट प्रकाशित फारवेस्ट टाइम्स दैनिकका पूर्वसम्पादक थिए। उनका श्रीमती, दुई छोरा र एक छोरी छन्। उनको मङ्गलबार अन्त्येष्टि गरिने भएको छ।


 

सोमबार, १७ असार २०८१, १२ : ०६

प्रतिक्रिया