सीआईबीद्वारा पतञ्जलीको जग्गा किनबेचमा रोक लगाउन मालपोतलाई पत्राचार

सोमबार, १७ असार २०८१, १३ : १८

काठमाडौं - नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काभ्रेमा रहेको पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीको जग्गा किनबेचमा रोक लगाउन मालपोत कार्यालयलाई पत्राचार गरेको छ ।

हदबन्दी छुट पाएको जग्गा बिक्री गरेर अनियमितता गर्न खोजेको भन्दै सीआईबीले पतञ्जलीको जग्गाका विषयमा अनुसन्धान गरिरहेको छ । त्यस क्रममा जिल्ला मालपोत कार्यालय काभ्रेलाई पत्राचार गरेको सीआईबी स्रोतले बताएको छ । 


 

सोमबार, १७ असार २०८१, १३ : १८

प्रतिक्रिया