बैंकबाट ‘खल्ती’मा पैसा राख्दा १० प्रतिशत बोनस पाइने

५ बर्ष अगाडि

काठमाडौं – राष्ट्रिय आईसीटी दिवस २०१९ को अवसरमा खल्ती र एनआईसी एशिया बैंकले संयुक्त रुपमा आफ्ना ग्राहकहरूको लागि एक विशेष बोनस अफरको घोषणा गरेका छन् । 

उक्त अफरमा एनआईसी एशिया बैंकद्वारा जारी क्रेडिट तथा डेबिट कार्डहरू प्रयोग गरेर खल्तीवालेटमा फण्ड लोड गर्दा प्रयोगकर्ताले १० प्रतिशत अतिरिक्त बोनस प्राप्त गर्नेछन् ।

यो योजना बैशाख १९ गते  एक दिनको लागि मात्र लागु हनेछ । बैंकद्वारा जारी गरिएका कार्डहरू मार्फत आफ्नो खल्ती खाता लोड गर्दा प्रयोगकर्ताहरूले तुरुन्तै बोनस रकम पाउनेछन् । प्रयोगकर्ताले यसरी प्राप्तगर्ने बोनस रकम अधिकतम १००० रुपैयाँ (कर सहित) मात्र हुनेछ।

प्रत्येक खल्ती प्रयोगकर्ताले यो योजनामा दिनभरमा एक पटक मात्र सहभागी हुन सक्नेछन् । यसरी प्राप्त गरिएको बोनस खल्ती डिजिटल वालेटमा उपलब्ध कुनै पनि प्रकारको डिजिटल भुक्तानी सेवामा प्रयोग गर्न सकिने खल्तीले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया