गायक राईको माया लाउन मिल्ला कि नमिल्ला’ सार्वजनिक

विहीबार, २० असार २०८१, १२ : ४९

काठमाडौँ - गायक राजेश राईले नयाँ म्युजिक भिडियो माया लाउन मिल्ला कि नमिल्ला ल्याएका छन् । यसअघिका आफ्ना दर्जनौं गीत दर्शक माझ ल्याएका गायक राजेशले यो पटक ‘चाइनेजो अर्थात माया लाउन मिल्ला कि नमिल्ला’ बोलको गीत सार्वजनिक गरेका हुन् ।  

गीतमा दुर्लभ जन्तरेको शब्द, अनिल कोयी राईको संगीत र आशिष अविरलको संगीत संयोजन अनि ध्वनी मिश्रण रहेको छ । भिडियोलाई दुर्लभ जन्तरेले  निर्देशन गरेका छन् । भिडियोमा कमल सिंह र प्रिजमा खतिवडाको निकै उत्कृष्ट अभिनय देख्न सकिन्छ । ज्ञानेन्द्र शर्माको छायाङ्कन, सन्तोष राजबाहकले सहायक निर्देशन तथा नृत्य निर्देशन गरेका छन् भने सम्पादनको काम विकाश दाहालको रहेको छ । 

विहीबार, २० असार २०८१, १२ : ४९

प्रतिक्रिया