कुमारी बैंकको नाफा १०० करोड नाघ्यो

५ बर्ष अगाडि

काठमाडौँ – कुमारी बैंकको ९ महिनाको नाफा १०० करोड नाघेको छ । 

बैंकले चालु आर्थिक वर्षको नाफा १ अर्ब ३२ लाख रुपैंया पुर्याएको हो । यो नाफा अघिल्लो वर्षको सोही समयको तुलनामा करिब ३६ प्रतिशत बढी हो ।

नाफामा वृद्धिसँगै बैंकको अन्य वित्तीय परिसूचकहरुमा पनि सन्तुलित सुधार आएको छ । रिजर्भको आकार ३७ करोडले बढेर २ अर्ब १६ करोड पुगेको हो ।

त्यस्तै, बैंकको अवितरित नाफाको आकार १ अर्ब ५२ करोडबाट बढेर २ अर्ब १३ करोड पुर्याएको छ यसमध्ये चालु आर्थिक वर्षमै करिब ८५ करोडको बोनस शेयर वितरण हुनेछ ।

५ बर्ष अगाडि

प्रतिक्रिया