फिल्म ‘ईश्वर’ को गीत ‘तिमी आयौ’ सार्वजनिक

शुक्रबार, २१ असार २०८१, १६ : २८

काठमाडौँ - फिल्म ‘ईश्वर’को गीत ‘तिमी आयौ’ सार्वजनिक गरिएको छ । कृष्ण काफ्लेको स्वर रहेको गीतमा भीष्मराज फूलाराको शब्द र अर्जुन पोखरेलको सङ्गीत छ ।

गीतमा फिल्मका मुख्य कलाकार पृथ्वीराज प्रसाईं र अनु शाह फिचर्ड छन् । पोखरा आसपास छायाङ्कन गरिएको गीतमा पृथ्वीराज र अनुलाई रोमान्टिक भावमा देख्न सकिन्छ । राजु गिरी निर्देशित फिल्ममा ध्रुव थापा, सुनिल थापा, बुद्धि तामाङ, अनु शाह, सबिन बास्तोला, माओत्से गुरुङ, पृथ्वीराज प्रसाई, रवीन्द्र झा, कृष्टि गुरुङ, पृथ्वीराज प्रसाईं, शिशिर वाङ्देल, गीता अधिकारी, कृष्टि गुरुङलगायतका कलाकारको अभिनय छ ।

दिव्या कंगना फिल्मसको ब्यानरमा निर्माण भएको फिल्म हरिबहादुर थापाले निर्माण गरेका हुन् । भोजराज देवकोटाको पटकथा तथा संवाद रहेको फिल्मको लक्ष्मी कुँवर थापा प्रस्तुतकर्ता रहेकी छन् । फिल्ममा अर्जुन पोखरेलको सङ्गीत, कविराज गहतराजको कोरियोग्राफी, रामेश्वर हुँमागाईको छायाङ्कन र देव महर्जनको द्वन्द्व छ । फिल्मको वितरण आरआर फिल्मस्ले गर्दै छ ।

 

शुक्रबार, २१ असार २०८१, १६ : २८

प्रतिक्रिया