गायक ढकालको नयाँ गीत ‘मायाको घर’ सार्वजनिक

शुक्रबार, २१ असार २०८१, १७ : २५

काठमाडौँ - लोकप्रिय गायक रामकृष्ण ढकालको नयाँ गीत ‘मायाको घर’ सार्वजनिक गरिएको छ । 

शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबिच गीतको भिडियो सार्वजनिक गरिएको हो । कार्यक्रममा नेपाल नाट्य तथा सङ्गीत प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राई, गायकद्वय यम बराल र हेमन्त शर्मालाई साक्षी राख्दै सार्वजनिक गरिएको हो । गीतमा गोविन्द कँडेल ‘आँसु’ को शब्द, हरि लम्सालको सङ्गीत छ ।

 कार्यक्रममा गीतको भिडियो पनि देखाइएको थियो । बाबु छोरीको कथा बुनिएको भिडियोमा गायक ढकाल र पाँच वर्षीय कलाकार आर्या भानीको अभिनय देख्न सकिन्छ । भिडियोमा ढकालले एकल पिता र आर्याले छोरीको भूमिका निर्वाह गरेका छन् । भिडियोलाई नव निर्देशक स्वीकृति सापकोटाले निर्देशन गरेकी छन् । 

शुक्रबार, २१ असार २०८१, १७ : २५

प्रतिक्रिया