काठमाडौं - नेपाली फिल्म ‘मोदीबेनी’को पहिलो गीत सार्वजनिक भएको छ। सुन्धारास्थित हलमा सोमबार एक कार्यक्रमको आयोजना गरी ‘मन्जुरी’ शीर्षकको गीत सार्वजनिक गरिएको हो ।
गीतमा नायिका वर्षा सिवाकोटी र नव नायक अमर प्रताप श्रेष्ठलाई रोमान्टिक भावमा देख्न सकिन्छ । उनीहरूको प्रेमको सुरुवात र रोमान्स भिडियोमा देख्न सकिन्छ । यो गीतमा एसडी योगी र विज्ञान पराजुलीको आवाज रहेको छ । यो गीतको सङ्गीत एसडीले नै गरेका छन् भने राम अविरल बिस्टले शब्द रचना गरेका छन्। सङ्गीत निर्माता रिकेश गुरुङ हुन्।
प्रतिक्रिया