चलचित्र 'गुलाबी' को प्रदर्शन मिति घोषणा

विहीबार, २७ असार २०८१, १६ : २९

काठमाडौँ - अभिनेता नाजिर हुसेनको चलचित्र 'गुन्यो चोलो- कमिङ अफ अ्याज अफ अ गर्ल' उर्फ 'गुलाबी'को प्रदर्शन मिति घोषणा गरिएको छ। चलचित्र आगामी कार्तिक ९ बाट रिलिज हुने पक्का भएको हो।

बिहीबार निर्माण टिमले नाजिरको लुक्स सहितको पोस्टर सार्वजनिक गर्दै चलचित्रको रिलिज मिति घोषणा गरेको हो। सार्वजनिक पोस्टरमा नाजिरको होसै उडाउने लुक्स देख्न सकिन्छ। नाजिरको लुक्स र पोस्टरले नै चलचित्रको कथावस्तु बोल्छ। नाजिरले 'गुन्यो चोलो- उर्फ गुलाबी' कै लागि भनेर आफ्नो १६ केजी तौलसमेत घटाएका थिए।

पोस्टरमा नाजिर पहेँलो रङ्गको वान पिसमा छन्। उनले एउटा हातमा विग (नक्कली कपाल) बोकेका छन् भने अर्को हातमा हिल्स बोकेका छन्। उनको शरीरमा कहीँ कतै चोटको निशान छ। उक्त चोटको निशानले नाजिरको पिडा देखाउँछ। नाखमा नथिया, कानमा झुम्का र पुरै श्रृङ्गारमा सजिएका नाजिरको 'ट्रान्सवुमन लुक्स'  आकर्षक देख्न सकिन्छ, जसको मेकअपदेखि चरित्र रूपान्तरण गज्जबको छ। पोस्टरका अनुसार चलचित्रमा नाजिरको पात्रको नाम 'गुलाबी' राखिएको छ।

यस चलचित्रलाई निर्देशक समुन्द्र भट्टले निर्देशन गरेकी हुन्।  चलचित्रको सम्पूर्ण पोस्ट प्रोडक्सनको काम बाहिर गरिएको हो। चलचित्रको एडिट, कलर, मिक्सिङ, साउन्ड डिजाइनदेखि ब्याकग्राउन्ड  म्युजिकसम्म्को काम हलिउड शैलीमा बाहिरै गरिएको छ। चलचित्रमा हलिउडकी कलाकार लिजा जेरार्डले स्वर दिएकी छिन भने ब्याकग्राउन्ड म्युजिकको सम्पूर्ण काम  मार्सेलो दि फ्रान्सिसीले गरेका छन्।

विहीबार, २७ असार २०८१, १६ : २९

प्रतिक्रिया