काठमाडौँ - काठमाडौँको दक्षिणकाली शेषनारायण नगरपालिका ५ मा पर्खाल भत्किएर पुरिएका ६ नाबालिकाहरूको प्रहरीले उद्धार गरेको छ ।
शुक्रबार इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा थाई गुम्बा नजिकको पर्खाल अचानक भत्किएर पुरिएका ६ जना नाबालिकाहरूको उद्धार गरेको हो । पर्खाल भत्किएर ६ जना बालिका पुरिएका सबैको उद्धार गरिएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेश मैनालीले जानकारी दिए ।
उद्धार गरिएका ५ जनाको वयोधा अस्पताल बल्खुमा उपचार भइरहेको र अर्की एक बालिकाको फर्पिङस्थित मनमोहन अस्पतालमा उपचार भैरवको एसएसपी मैनालीले बताए । मनमोहन अस्पतालमा उपचार भइरहेकी नाबालिकाको अवस्था गम्भीर रहेको उनले बताए ।
प्रतिक्रिया