पहिरोका कारण कर्णाली करिडोर अवरुद्ध

शनिबार, २९ असार २०८१, ११ : ५९

 

काठमाडौँ - पहिरोका कारण कर्णाली करिडोर अवरुद्ध भएको छ । कालीकोटको पचालझरना गाउँपालिका–८ लाफा बजारमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । 

कर्णाली करिडोरमा पहिरोका कारण सवारीसाधन नियमित रुपमा चल्न नसकेको छैन् ।  यसैगरी कर्णाली करिडोरअन्तर्गत हुम्ला सडकखण्ड नौ दिनदेखि अवरुद्ध छ । सिमकोट–हिल्सा सडकखण्डको नाम्खा र सिमकोट गाउँपालिकाको सिमाना हेक्पा खोलामा निर्माण गरिएको काठेपुल बाढीले बगाएपछि सडक अवरुद्ध भएको हो ।  
 

शनिबार, २९ असार २०८१, ११ : ५९

प्रतिक्रिया